पौडेल पक्षको बैठक सकियो, देउवासँग निर्णायक संवाद गर्ने निर्णय (भिडियो) – Nepal Press

पौडेल पक्षको बैठक सकियो, देउवासँग निर्णायक संवाद गर्ने निर्णय (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएका व्यवहारिक कठिनाई समाधानका लागि पहल गर्ने निर्णय गरेको छ ।

पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारेस्थित निवासमा बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन सभापतिसँग ठोस छलफल गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार वरिष्ठ नेता पौडेलले आजै सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् ।

बैठकपछि प्रतिक्रिया दिदैं कांग्रेस नेता डा.मिनेन्द्र रिजालले महाधिवेशन तोकिएकै मितिमा सुरु गर्न देखिएका व्यवहारिक कठिनाई समाधानका लागि अग्रसरता लिने निर्णय भएको जानकारी दिए ।

‘अधिवेशनको प्रक्रियामा केही व्यवहारिक कठिनाईहरु आएका छन् । तिनलाई समाधान गर्नुपर्छ । केही सभापतिहरु क्रियाशील सदस्यताको विषयमा धर्नामा हुनुहुन्छ । हिजो अबेर केही जिल्लाको सार्वजनिक भएको छ । अरु जिल्लाको सन्दर्भमा हामीले गरेका निर्णयको कार्यान्वयन गर्नुपर्नेछ । यी सबै कठिनाई समाधान गरेर अधिवेशन सुनिश्चित गर्न पार्टी सभापतिसंग संवाद गर्ने निर्णय भएको छ’, रिजालले पत्रकारहरुसँग भने ।

पौडेल पक्षले यसअघि नै जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाइसकेको छ । बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंहसहित महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.शेखर कोइराला लगायत उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर