काबुल एयरपोर्ट विस्फोटको घटनाप्रति तालिबानद्वारा निन्दा – Nepal Press

काबुल एयरपोर्ट विस्फोटको घटनाप्रति तालिबानद्वारा निन्दा

प्रवक्ताले भने : हामी नागरिकको सुरक्षामा जिम्मेवार छौं

काबुल । तालिबानले काबुल बिमानस्थल बाहिर अघि साँझ भएका दुई शक्तिशाली विस्फोटका घटनाप्रति निन्दा व्यक्त गरेको छ । तालिबान प्रवक्ता सुहेल साहिनले सर्वसाधारणको ज्यान जाने गरि भएको उक्त घटनाको जिम्मा अमेरिकी सेनाले लिनुपर्ने बताएका हुन् ।

‘तालिबान यस घटनाको निन्दा गर्छ । जुन ठाउँमा सर्वसाधारणको ज्यान जाने गरि घटना भएको छ । त्यो ठाउँको जिम्मा अमेरिकी सेनाले लिएकाले उसैले जिम्मेवारी लिनुपर्छ’ साहिनले ट्वीटमार्फत भनेका छन् ।

नागरिक सुरक्षाका लागि इस्लामिक एमिरेट्स प्रतिबद्ध रहेको उनले जनाएका छन् । आधा घण्टाको फरकमा अघि साँझ भएका दुईवटा विस्फोटमा १३ जनाको ज्यान गएको छ भने भने दर्जनौं घाइते भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर