काबुलमा ४२ जना नेपाली सुरक्षित, राजदूत आचार्यद्वारा एयरपोर्टभन्दा टाढै रहन आग्रह – Nepal Press

काबुलमा ४२ जना नेपाली सुरक्षित, राजदूत आचार्यद्वारा एयरपोर्टभन्दा टाढै रहन आग्रह

दिल्ली नियोगले भन्यो : सम्भावित आतंकवादी खतरा बढेको छ

काबुल । १३ जनाको ज्यान जाने गरी आज बेलुका काबुल विमानस्थलमा भएका लगातारका दुई शक्तिशाली विस्फोटका घटनापछि अफगानिस्तानको स्थिती तनावग्रस्त बनेको छ ।

उक्त आत्मघाती विस्फोटमा दर्जनौं घाइते भएको अफगानिस्तानको टोलो न्यूजले जनाएको छ । आक्रमणको पछाडि कसको हात छ भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन ।

घटनापछि उद्दारको पर्खाइमा रहेका ४२ जना नेपालीको स्थिती सुरक्षित रहेको अफगानिस्तान मामिला हेर्ने दिल्ली नियोगका लागि नेपाली राजदूत निलाम्बर आचार्यले जनाएका छन् ।

काबुल विमानस्थल वरपर सम्भावित आतंकवादी आक्रमणको खबर आइरहेको जनाउँदै राजदूत आचार्यले एयरपोर्ट टाढा रहनुमै सुरक्षा रहेको जनाएका छन् । परराष्ट्र मन्त्रालयले आज साँझ विज्ञप्ति जारी गर्दै विमानस्थलमा भेला भएका ४२ जना नेपालीलाई उद्दारका लागि समन्वय भैरहेको जनाएको छ ।

अमेरिकी तथा उसका साझेदार सैनिकले ३१ अगस्टमा काबुल छाड्ने समयसीमा नजिकिँदै गर्दा अहिले हजारौंलाई उद्दार गर्नको लागि प्रयास भैरहेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आज दिउँसो काबुल विमानस्थलमा सम्भावित आक्रमण हुनसक्ने भन्दै ट्राभल एड्भाइजरी जारी गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर