गम्भिर मानसिक रोगबाट ग्रसित थिए मुख्यमन्त्री आचार्यका भाइ, मृत्यु ‘विष सेवनबाट’ – Nepal Press

गम्भिर मानसिक रोगबाट ग्रसित थिए मुख्यमन्त्री आचार्यका भाइ, मृत्यु ‘विष सेवनबाट’

इटहरी । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यका भाइ राम आचार्यको मृत्यु बिषसेवनबाट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शवको पोस्ट मोर्टममा संलग्न भएकी जिल्ला अस्पताल सुनसरीकी डाक्टर श्रीया पंगेनीका अनुसार उनको पेटमा बिषादीको असर देखिएको थियो ।

शरिरमा कुनै चोटपटक नभए पनि पेटमा विषको असर देखिएको उनले जानकारी दिइन् ।

पंगेनीले भनिन्, ‘बालिमा लाग्ने किरा मार्ने बिषको सेवनले मृत्यु भएको भित्री अंगहरुमा भएको असरहरुले देखिएको छ । अब कस्तो र कुन बिषबाट भन्ने भिसेरा रिपोर्ट आएपछि मात्रै भन्न सकिन्छ ।’

जिल्ला अस्पताल सुनसरीमा भिसेरा रिपोर्टका पुर्वाधार र जनशक्ति नभएकोले रिपोर्टको लागी बाहिरी ल्याबमा लानुपर्ने डाक्टर पंगेनीको भनाइ छ । भिसेरा परीक्षण पेटभित्रका अंगहरुमा परेको असर हेर्नलाई गरिन्छ ।

आचार्यले बिगत दश बर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएको पनि खुलेको छ । गम्भीर मानसिक रोगबाट पिडित रहेका उनलाई पछिल्लो दुई बर्षदेखि घरभित्रै राखिएको थियो । हत्पती कोठाबाट बाहिर निस्किन दिइन्नथ्यो । उनी आफ्नो कोठामा एक्लै सुत्थे ।

बाहिर निस्केपछि बेसुरले जहाँसुकै हिँड्ने भएकाले सम्भावित दुर्घटनाबाट जोगाउन घरमै राखिएको पाइएको छिमेकी बसन्त सुबेदीले बताए ।

आज बिहान ढिलोसम्म पनि नउठेकोले बोलाउँदा मृत भेटिएको स्थानिय सुबेदीको भनाइ छ । शव नजिकै विषको बट्टा भेटिएको उनले बताए ।

पोष्टमार्टमपछि आचार्यको आजै स्थानीय सुनसरी नदीमा अन्त्येष्टी गरिएको छ ।

मुख्यमन्त्रीलाई ढिला जानकारी

प्रदेश १ का मुख्यमन्त्री नियुक्त भिम आचार्यका लागि आजको दिनले एकसाथ हर्ष र विस्मात दिएर गयो । उनी प्रदेश सरकारको मुख्यमन्त्रीको सपथ खाएकै दिन भाइको बियोग सहनु परेको छ । कार्यालयमा बधाइ दिनेहरुको लाइन थियो भने घरमा सान्त्वना दिनेहरुको भिड थियो ।

आज आचार्य मुख्यमन्त्री हुने बिहानैबाट चर्चा थियो । स्रोतका अनुसार सपथग्रहण नगर्दासम्म उनलाई भाइको निधनको खबर सुनाइएको थिएन । खबर थाहा पाएपछि उनी अस्पताल पुगेका थिए । त्यसपछि भाइको अन्त्येष्टीमा पनि मुख्यमन्त्री आचार्य सहभागी बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *