काबुल बिमानस्थलमा आत्मघाती बम विस्फोट, कम्तिमा १३ जनाको मृत्यु – Nepal Press

काबुल बिमानस्थलमा आत्मघाती बम विस्फोट, कम्तिमा १३ जनाको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुल बिमानस्थल बाहिर आत्मघाती बम बिस्फोट भएको छ । विष्फोटमा परी कम्तिमा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सार्वजनिक भएका तस्बीरमा केही मानिस घाइते अवस्थामा देख्न सकिन्छ । अमेरिकाले विष्फोटमा अन्तर्राष्ट्रिय आतंकबादी संस्था आइएसको हात हुन सक्ने जनाएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयका अनुसार काबुल बिमानस्थल बाहिर ४० भन्दा बढी नेपाली उद्दारको पर्खाइमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर