माधव नेपाललाई भीम रावलको कटाक्ष : यही पार्टीबाट प्रधानमन्त्रीसम्म हुनेले एमाले काम नलाग्ने भन्नु आश्चर्यजनक – Nepal Press

माधव नेपाललाई भीम रावलको कटाक्ष : यही पार्टीबाट प्रधानमन्त्रीसम्म हुनेले एमाले काम नलाग्ने भन्नु आश्चर्यजनक

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नवगठित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन् । यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको उनको टिप्पणी छ ।

ट्विटरमा रावलले लेखेका छन्, ‘दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेहरुले नेकपा एमालेलाई १० बुँदे सहमतिका आधारमा एक हुनुपर्छ भन्नेहरुलाई दक्षिणपन्थी देख्नु उदेकलाग्दो हो । अझ यस पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी भन्नु आश्चर्यजनक हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर