काबुलबाट थप ११ जना नेपालीको उद्दार, अन्य ४२ जना उद्दार पर्खाइमा – Nepal Press

काबुलबाट थप ११ जना नेपालीको उद्दार, अन्य ४२ जना उद्दार पर्खाइमा

काबुल । थप ११ जना नेपालीलाई आज काबुलबाट उद्दार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्दार गरिएका ती नेपालीलाई दिल्ली लगिएको र काठमाडौं ल्याउने तयारी भैरहेको जनाइएको छ ।

अन्य ४२ जना नेपाली काबुलका विभिन्न स्थानमा उद्दारको पर्खाइमा रहेको समेत परराष्ट्रले जनाएको छ । विमानस्थल बाहिर भीड जम्मा भएकाले एकीकृत गरिएका ती नेपालीलाई उद्दारका लागि समन्वय भैरहेको परराष्ट्र प्रवक्ता सेवा लम्सालले जनाइन् ।

अफगानिस्तानबाट उद्दार गरेर दोहा, दुबई, लन्डन र नयाँ दिल्लीमा राखिएका नेपालीलाई काठमाडौंसम्म ल्याउनको लागि निरन्तर समन्वय भैरहेको समेत परराष्ट्रले जनाएको छ ।

काबुलमा नागरिक उड्डयन प्राधिकरणको जहाजको आगमन र अवतरण सेवा हालसम्म नखुलेको पनि जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर