मानव बेचविखनमा संलग्न २ जना पक्राउपछि कारागार चलान – Nepal Press

मानव बेचविखनमा संलग्न २ जना पक्राउपछि कारागार चलान

काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले मानव बेचविखनमा संलग्न दुई जनालाई पक्राउ गरेर अनुसन्धानपछि कारागार चलान गरेको छ । दुबई गएर पैसा कमाउ अनि विवाह गरौला भनि दुबई पुर्याएर बेखविखनमा संलग्न एक जना र हाउस किपिङमा वेटरको काम लगाई दिन्छु भनि दुबई पुर्याई बेचविखन गर्ने अर्को एक जना गरेर दुई जना पक्राउ गरेर अनुसन्धानपछि कारागार चलाउन भएका मानव बेचविखन अनुसन्धान व्यूरोले जनाएको हो ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ७ स्थायी घर भई अहिले काठमाडौंको तारकेश्वरनगरपालिका ९ बस्दै आएका ३३ वर्षका मधु श्रेष्ठले काठमाडौंको बबरमहलकी २६ वर्षका युवतीलाई पछि बिवाह गर्र्नेे बहाना बनाएर १ लाख ३० हजार रुपैयाँ समेत उनिसँग नै अुशल गरेर दुबई पठाएको भन्दै व्यूरोमा उजुरी परेपछि उनलाई पक्राउ गरेर कारागार चलाउन गरिएको हो ।

ति युवतीको गैर आवासीय नेपाली सँगको उद्धारपछि नेपाल फर्किएपछि साउन १४ गते बेखविखन गर्ने विरुद्ध उजुरी दिएपछि त्यसको ३ दिनपछि श्रेष्ठलाई मानव बेचखविखन अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेर जिल्ला अदालत काठमाडौं पेश गरेको थियो ।

बिहीबार काठमाडौं जिल्ला अदालतको आदेशले कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाण्डौंमा उनलाई थुनामा राखिएको छ । श्रेष्ठ बिरुद्ध व्यूरोले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान कारवाही अघि बढाएको व्यूरोका सूचना अधिकारी समेत रहेकी प्रहरी नायव उपरीक्षक (डीएसपी) अन्जना श्रेष्ठले जानकारी दिईन ।

यस्तै दोस्रो घटनामा काठमाडौंको जोरपाटीस्थित खाता पसमा काम गर्ने २६ वर्षकै युवतीलाई काठमाडौंको शंखरापुर नगरापालिका ५ साँखुका र अहिले गोकर्णेश्वर नगरपालिका ८ महांकाल बसोबास गर्दै आएका ५० वर्षका रमेश कुँवरले रोजगारीका लागि दुवईमा हाउस किपिङमा वेटरको कामका लागि पठाउने भन्दै १ लाख २५ हजार रुपैयाँ अशुल गरेर दुवई पठाएका थिए ।

तर पछि अरविको घरमा पुर्याएपछि त्यहाँबाट २ वर्षपछि नेपाल फर्किएकी थिईन । नेपाल फर्किएपछि ति युवतीले गत साउन ५ गते व्यूरोमा उजुरी गरेपछि एक सातापछि गत साउन १२ गते पक्राउ गरेको थियो । पक्राउ पछि कुँवरलाई अनुसन्धान प्रक्रिया पुरा गरेर काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि बुधबार अदातले पुर्पपक्षका लागि कारागार कार्यालय जगन्नाथदेवल थुनामा राखेको छ । उनी विरुद्ध पनि मानव बेखविचखन तथा ओसारपसरा (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान कारवाही भएको व्यूरोका सूचना अधिकारी एवम डीएसपी श्रेष्ठले बताईन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर