बिहीवार २४ सय कोभिड संक्रमित थपिए, २६ जनाको मृत्यु – Nepal Press

बिहीवार २४ सय कोभिड संक्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडौंमा थपिए ७३३ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २४३३ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ३७४ नमुना (९७०२ पीसीआर र ४६७२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बिहीवार २६ जनाको मृत्यु भएको छ । १९२९ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार ३८४ पुगेको छ ।

बिहीवार काठमाडौं उपत्यकामा ७३३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ५६१, ललितपुरमा १०६ र भक्तपुरमा ६६ जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ७ लाख ५४ हजार पुगेको छ । कूल मृत्यु संख्या १० हजार ६३८ पुगेको छ । २० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर