वाणिज्य महासंघद्वारा ‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रमका लागि पुनःआवेदनका आव्हान – Nepal Press

वाणिज्य महासंघद्वारा ‘५० स्टार्टअप–५० लगानीकर्ता’ कार्यक्रमका लागि पुनःआवेदनका आव्हान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘स्टार्टअप’ उद्यमीलाई लक्षित गर्दै ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा आवेदन पुनः आव्हान गरेको छ । गत यस कार्यक्रमका लागि गत वैशाख ४ गतेदेखि आवेदन खुला गरिएको भएपनि कोभिड -१९ को दोस्रो लहरका कारण स्थगित गरिएको थियो ।

कोभिड महामारीका कारण महासंघको लक्ष्यनुसार आवेदन नआएपछि आवेदन पुन खुल्ला गरिएको हो । कृषि, उत्पादनमुलक , सूचना प्रविधि, सेवा लगायतका क्षेत्रका लागि आवेदन दिन सकिने महासंघले जनाएको छ ।

आफनो व्यवसायमा शीप, ज्ञानको आधार र दह्रो प्रतिवद्धता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन दिन सक्नेछन् । एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र एक वर्षको लेखा परिक्षण प्रतिवेदन बुझाएका स्टार्टअपहरुले कार्यक्रममा सहभागिता जनाउन सक्ने महासंघले जनाएको छ ।

यसका साथै कानूनी रुपमा दर्ता भएका व्यवसाय मात्रै आवेदनका लागि योग्य मानिने महासंघले जनाएको छ । आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि साथै प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन ,आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवर्द्धक तथा संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने छ ।

महासंघको वेभसाइटको देहायको वेभपेजबाट अनलाइन आवेदन फारम लिङक प्राप्त गर्न सकिने महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर