तालिबानले भन्यो : सार्वजनिक ठाउँमा संगीत प्रतिबन्ध, घरबाहिर बस्नुपर्दा महिलाले एक पुरुष राख्नैपर्ने ! – Nepal Press

तालिबानले भन्यो : सार्वजनिक ठाउँमा संगीत प्रतिबन्ध, घरबाहिर बस्नुपर्दा महिलाले एक पुरुष राख्नैपर्ने !

काबुल । अफगान सत्ता नियन्त्रणमा लिएपछि बुधबार पहिलोपटक प्रवक्ता जबिहुल्लाह मुजाहिदले पश्चिमी मिडियालाई अन्तर्वार्ता दिएका छन् ।

न्यूयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले तालिबान शासनकालमा सार्वजनिक स्थानमा संगीत बजाउन वर्जित गर्नेदेखि लिएर तीनदिनभन्दा लामो समय घरबाहिर रहनुपरे महिलाले एक पुरुषलाई सुरक्षाका लागि राख्नुपर्ने जनाएका छन् ।

‘हामी भविष्य निर्माण गर्न चाहन्छौं । विगतमा के भयो, त्यो बिर्सिनूस’ प्रवक्ता मुजाहिदले न्यूयोर्क टाइम्ससँग भने । आफूलाई विरोध गर्नेलाई सजाय दिइने भन्ने हल्लालाई उनले निराधार भएको दावी गरे ।

आफूलाई दुव्र्यहार गर्नेविरुद्ध जाइलाग्नेबारे तालिबान लडाकुले युद्धकला सिकाउनुभन्दा पहिले उनले सुरक्षाका लागि महिलाहरु घरमै सुरक्षित भएर बस्नुपर्ने बताएको एकदिनपछि प्रवक्ता मुजाहिदको यस्तो भनाई आएको हो ।

दीर्घकालिनरुपमा आफ्ना दिनचर्या गर्न महिलाहरु स्वतन्त्र रहेको उनले बताए । महिलाहरुलाई घरमै बस्नुपर्ने र शरिर पुरै छोप्न तालिबानले दबाब दिन सक्ने खबरलाई उनले आधारहिन भने ।

महिलाको सुरक्षाका लागि खटिने एक पुरुष अभिभावक (माराम)लाई लिएर गलत बुझाई रहेको मुजाहिदको भनाई छ । ‘तीन दिन र त्यो भन्दा बढी समय बाहिर रहनुपरे मात्र माराम आवश्यक हुन्छ’ उनले भने ।

‘यदि उनीहरु विद्यालय, कार्यालय, विश्वविद्यालय र अस्पताल जान्छन् भने माराम आवश्यक छैन’ तालिवानका मुख्य प्रवक्ता समेत रहेका मुजाहिदले भने ।

२० वर्षपछि सत्तामा फर्किएको तालिवाले अब सहिष्णु छवि बनाउने दावी गरिरहँदा मुजाहिदको एउटा भनाई उल्लेखनीय थियो । त्यो हो : सार्वजनिक स्थानमा संगीत बजाउन अनुमति नदिनु ।

‘इस्लाममा संगीत वर्जित छ’ उनी भन्छन्, ‘हामी आशावादी छौं कि हामी हाम्रा नागरिकलाई त्यसो नगर भने दबाब दिनुको सट्टा यसो नगर्न प्रोत्साहित गर्न सक्छौं ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर