‘स्पाइडरम्यान’ ट्रेलरले भत्कायो विश्व रेकर्ड : तोड्यो ‘एभेन्जर्स एन्डगेम’को कीर्तिमान – Nepal Press

‘स्पाइडरम्यान’ ट्रेलरले भत्कायो विश्व रेकर्ड : तोड्यो ‘एभेन्जर्स एन्डगेम’को कीर्तिमान

काठमाडौं । फिल्म रिलिज नहुँदै ‘स्पाइडरम्यान : नो वे होम’ले निकै चर्चा बटुलेको छ । आगामी डिसेम्बरमा रिलिज तयारीमा रहेको फिल्मले विश्वभर दर्शकको ध्यान तानेको छ ।

मार्भल सिनेम्याटिक युनिभर्सको ट्रेलरले पछिल्लो २४ घण्टामा ३५५.५ मिलियन भ्यूज प्राप्त गरेको सोनी स्टुडियोले जनाएको छ । साथै, यसले विश्वभर सामाजिक संजालमा ४.५ मिलियन मेन्सन समेत प्राप्त गरेको छ ।

फिल्मको ट्रेलर गत सोमबार इन्टरनेटमा रिलिज भएको थियो । यसअघि एभेन्जर्स : एन्ड गेमको ट्रेलरलाई पनि उछिनेको छ । सन् २०१८ मा एभेन्जर्सको ट्रेलरले सोही अवधिमा २८९ मिलियन भ्यूज प्राप्त गरेको थियो । स्पाइडरम्यानले पाएको भ्यूज एभेन्जर्सले पाएको भन्दा ६५ मिलियनले बढी हो ।

स्पाइडरम्यान आगामी डिसेम्बरमा रिलिज तयारीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर