एसिडपीडित आरतीलाई प्रदेश-२ सरकारको ५ लाख सहयोग हस्तान्तरण – Nepal Press

एसिडपीडित आरतीलाई प्रदेश-२ सरकारको ५ लाख सहयोग हस्तान्तरण

जनकपुरधाम । एसिडपीडित आरती साहलाई प्रदेश-२ सरकारले ५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज पीडित साहलाई चेक हस्तान्तरण गरेका हुन् । उनीमाथि एसिड प्रहार भएलगत्तै मुख्यमन्त्री राउतले आर्थिक सहयोगको घोषणा गरेका थिए ।

जनकपुरधाम उपमहानगर-७ स्थित डेरामा बसेका बेला आरती र उनकी छोरी रियामाथि श्रीमान सञ्जिव साहले ०७७ कार्तिक २७ मा एसिड छ्यापेका थिए । जिल्ला अदालतले उनका श्रीमानलाई दोषी ठहर गरिसकेको छ ।

एसिडले आरतीको १५ प्रतिशत भाग जलेको छ भने दाहिने आंखा पनि गुमेको छ । अझै उपचाररत उनी प्रदेश सरकारले प्रतिबद्धता जनाए पनि आर्थिक सहयोग नगरेको गुनासो गर्दै आएकी थिइन् ।

यी पनि पढ्नुहाेस्

श्रीमानबाटै एसिड आक्रमणमा परेकी आरतीको पीडाः जिउँदो लाश झैं भएकी छु (भिडियो)

न्यायाधीशले घुस खाएको भनेपछि एसिडपीडित आरती अदालतबाटै पक्राउ (भिडियो)

आरती साहमाथि एसिड प्रहार गर्ने श्रीमान् दोषी ठहर, एसिड उपलब्ध गराउने व्यवसायीलाई सफाई

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *