विराटनगरका अस्पतालमा दलालको विगविगी, १० जना पक्राउ – Nepal Press

विराटनगरका अस्पतालमा दलालको विगविगी, १० जना पक्राउ

माेरङ । विराटनगर महानगरपालिकाभित्रका विभिन्न अस्पतालमा विरामी र आफन्तलाई भ्रमित पारेर आफूअनुकुल अस्पताल वा क्लिनिकमा भर्ना गराउने विचौलियाको विगविगी बढेको छ ।

प्रहरीले यस्तो कार्यमा संग्लग्न १० जनालाई बुधबार पक्राउ गरेको छ । अस्पतालमा उपचार गराउन आएका विरामी र आफन्तसँग भेटेर यहाँ डाक्टर राम्रा छैनन्, कोरोनाका विराधी धेरै छन्, औषधि उपचार पनि राम्रो हुँदैन भन्नेजस्तो भ्रम छरेर आफूअनुकुल अस्पताल र क्लिनिकमा उपचार गराउने र आफ्नै सम्पर्कमा रहेका फार्मेसीबाट औषधि किन्न लगाउने गिरोहलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा सुनसरी दुहबीका ५ वर्षीय श्रीराम चौधरी, सिरहाका २० वर्षीय सूर्यनारायण यादव, मोहङ कटहरीका ४२ वर्षीय मोहम्मद जलिद, मोरङ, विराटनगर महानगरपालिका–७ का १८ वर्षीय विश्वास मण्डल छन् ।

सोही वडाका २३ वर्षीय रोशन गुप्ता, १९ वर्षीय सुजित यादव, २२ वर्षीय फिरोज रोय, २१ वर्षीय समीर खान, १८ वर्षीय सरोज खान र १८ वर्षीयष् अमित यादव छन् ।

उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस्तो व्यवहारबाट पीडित भएमा वा थाहा भएमा प्रहरीलाई सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणमा अनुरोध पनि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर