जन्मिए दुई नयाँ दल, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई दर्ताको प्रमाणपत्र – Nepal Press

जन्मिए दुई नयाँ दल, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई दर्ताको प्रमाणपत्र

सरकारमा जाने बाटो खुल्योः राजेन्द्र पाण्डे

काठमाडौं । निर्वाचन आयोगमा आज दुई नयाँ पार्टी दर्ता भएका छन् । एमालेबाट फुटेर बनेका नेकपा (एकीकृत-समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी विधिसम्मत दर्ता भएका हुन् ।

आज दिउसो दुवै पार्टीका तर्फबाट पेश भएका नामहरुको सनाखत सम्पन्न भएको थियो । आयोगले बेलुकीपख दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिएको छ । दुबै दल दर्ता गर्ने निर्णय भएको र आजै प्रमाणपत्र दिइएको आयोगका प्रबक्ता राजकुमार श्रेष्ठले बताए ।

दल दर्ताको प्रमाणपत्र लिएपछि एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले अब सरकारमा जाने बाटो खुलेको प्रतिक्रिया दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर