सभापति देउवासँग कांग्रेस वरिष्ठ नेता पौडेलले मागे क्रियाशील सदस्यको नामावली (भिडियो) – Nepal Press

सभापति देउवासँग कांग्रेस वरिष्ठ नेता पौडेलले मागे क्रियाशील सदस्यको नामावली (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका छन् । वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले नामावली सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरुले धर्ना दिइरहेका छन् । सोही धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउन बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भएपनि पार्टीको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गरेका हुन् ।

उनले पार्टीको वैधानिकतामाथि संकट आउन नदिन आगामी भदौ १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडि बढाउन पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने दोेहोर्याए । वरिष्ठ नेता पौडेलले भने– युद्धस्तरमा अहोरात्र खटिएर क्रियाशील सदस्यहरुको नामावली टुंग्याएर पार्टीलाई वैधानिक संकटबाट बचाउन पर्दछ । संवैधानिक संकटबाट नेपाली काँग्रेसलाई बचाउनुपर्ने अहिलेको आवश्यक्ता हो ।

वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाइ नगरेको गुनासो पनि गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर