बुधबार कोभिड संक्रमणले थप ४४ जनाको मृत्यु, २४ सय संक्रमित थपिए – Nepal Press

बुधबार कोभिड संक्रमणले थप ४४ जनाको मृत्यु, २४ सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा थपिए ७४५ संक्रमित

काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणको कारण थप ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४८२ जना कोभिड संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा १५ हजार २९० जनाको नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ गरी उपत्यकामा ७४५ जना संक्रमित भएका छन् ।

१ हजार ७८१ जना निको भएका छन् ।

हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर