अलकायदाले दियो तालिबानलाई औपचारिक बधाई, भन्यो : तालिबानको जित विश्वलाई सन्देश – Nepal Press

अलकायदाले दियो तालिबानलाई औपचारिक बधाई, भन्यो : तालिबानको जित विश्वलाई सन्देश

काठमाडौं । अफगानिस्तानलाई दोस्रोपटक नियन्त्रण गरेपछि मुस्लिम कट्टरपन्थी संगठन अलकायदाले तालिबानलाई आज औपचारिकरुपमा बधाई दिएको छ ।

अलकायदाको दक्षिण एसिया इकाइले बयान जारी गर्दै अफगानिस्तानमा तालिबान नियन्त्रणको स्वागत गरेको छ । अलकायदा इन इन्डियन सबकन्टिनेन्टले आफ्ना बधाई सन्देशमा अफगानिस्तानमा प्रभावकारीरुपमा सरिया कानून लागू गर्न समेत भनेको छ ।

उर्दु भाषामा लेखिएको यो बयानलाई २३ तारिखमा अलकायदाको समर्थन गर्ने एक च्यानलले मेसेन्जिङ एप टेलिग्राममा सेयर गरेको थियो ।

उक्त बयानमा अफगानिस्तानका नागरिकसँगै विश्वभरका मुस्लिम समुदायसँगै तालिबानलाई सम्बोधन गरिएको छ । बयानको सुरुमै ‘इस्लामिक आमिरात (ताबिलान)को जितको स्वागत गरिएको छ ।

बधाई सन्देशमा अफगानिस्तानका नागरिकलाई बधाई पनि दिइएको छ ।

साथै, ‘अमेरिकी आक्रमणकारी र उनका सहयोगीको विरुद्ध अफगानी नागरिकको बलिदान र कठिनाइको सामना गरेकोमा’ आभार पनि व्यक्त गरिएको छ ।

साथै, बयानमा अफगानिस्तानलाई ‘सुपरपावरको चिहान’ पनि भनिएको छ । साथै बयानमा तालिबानको जितलाई संसारभर रहेका मुस्लिम समुदायलाई एक सन्देश भएको भनिएको छ । हतियारबन्द जिहादले मात्र आक्रमणकारीलाई हराउन सकिने उल्लेख छ । अलकायदाले लोकतन्त्र, कूटनीति र बातचितलाई निन्दा पनि गरेको छ । बीबीसी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर