माधव नेपालको नयाँ पार्टीमा कर्णाली प्रदेशसभाबाट देवी ओली मात्रै – Nepal Press

माधव नेपालको नयाँ पार्टीमा कर्णाली प्रदेशसभाबाट देवी ओली मात्रै

सुर्खेत । कर्णाली प्रदेशसभामा सभामुखसहित १६ जना सांसद रहेको एमालेबाट एकजना मात्रै सांसद माधव नेपालको नयाँ पार्टी एकीकृत समाजवादीमा लागेकी छिन् । समानुपातिकतर्फ रुकुम पश्चिमको प्रतिनिधित्व गर्दै प्रदेशसभा सदस्य बनेकी सांसद देवी ओली मात्रै एकीकृत समाजवादीमा लागेकी हुन् ।

गत वैशाखमा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर उनले पछि आफ्नो मत सच्याएकी थिइन् ।

उनले आफू एकीकृत समाजवादीप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया दिएकी छन् । उनलाई उक्त दलले मन्त्री बनाउने आश्वासन दिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर