कर्णाली प्रदेशसभा सदस्य शाही एमालेमै, गएनन् सनाखतमा – Nepal Press

कर्णाली प्रदेशसभा सदस्य शाही एमालेमै, गएनन् सनाखतमा

सुर्खेत । नेकपा एमाले मुगुका सस्थापक, केन्द्रीय सदस्य चन्द्रबहादुर शाही एमालेमै रहेका छन् । कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका उनलाई माधव नेपालको नयाँ दलमा केन्द्रीय सदस्यमा राखिएको थियो । तर आज उनी निर्वाचन आयोगमा अनुपस्थित भएसँगै उनी एमालेमै रहेको पुष्टि भएको हो ।

‘उहाँलाई पहिले सदस्य राख्दा सोधिएको पनि थिएन । उहाँ जहिल्यै एकताको पक्षमा हुनुहुन्थ्यो’, उनी निकट एक कार्यकर्ताले भने, ‘उहाँ एमालेमै हुनुहुन्छ ।’

कर्णालीमा पन्ध्र सदस्य रहेकोमा तीनजनाले मात्र सनाखत गरेका छन् । सनाखत गर्नेमा प्रकाश ज्वाला, शेरबहादुर केसी र हसबहादुर शाही रहेका छन् ।


प्रतिक्रिया

One thought on “कर्णाली प्रदेशसभा सदस्य शाही एमालेमै, गएनन् सनाखतमा

  1. खै मलाई यो देशको राजनिती कको टुङ्गोलाग्दैन कहिले यता कहिले उता भनेझैं मेरो देशनेपालले कहिले असल नेपाल ऋिन तिर्लान आजनेपाल आमा रोहिरहेकिछन देश रोय्यो भिरपाखा खोलानला बनजङ्गल जिबजन्तु भोका नाङ्गा गरिबदुःखी र मुगाली जनतापनि रोहिरहेका छन अब यदि यो देशमा यस्तो नेताजन्मुपर्योकि भर्षटचार नियन्त्रणगने गरिबदुखिलाई दया गने नेताहुनुपर्यो हामिजनताहरुले टोल दिखि केन्द्रसम्म जिताईदिन्छन।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर