कांग्रेस मुख्यालयको द‍ृश्य: हेर्नुस् होर्डिङ बोर्डदेखि झण्डासम्मको दुर्दशा (तस्बिरहरू) – Nepal Press

कांग्रेस मुख्यालयको द‍ृश्य: हेर्नुस् होर्डिङ बोर्डदेखि झण्डासम्मको दुर्दशा (तस्बिरहरू)

काठमाडौं । हाल संघीय सरकारको नेतृत्व गरिरहेको दल हो नेपाली कांग्रेस । देशभर छरिएर रहेका लाखौं कार्यकर्ताले गर्व गर्ने यस पार्टीको केन्द्रीय कार्यालय भने लथालिंग अवस्थामा देखिन्छ ।

ललितपुरको सानेपामा अवस्थित छ कांग्रेस केन्द्रीय कार्यालय । कार्यालय भवन पुग्ने बाटोको छेउछाउ पर्खालमा तपाईंले एउटा झुत्रे टालो बाँसको लठ्ठीमा झुण्डिएको देख्नुपर्छ । निकैबेर हेरेपछि मात्रै भेउ पाउनु हुनेछ कि त्यो टालो कांग्रेस पार्टीको चारतारे झण्डा हो । धुजाधुजा भइसकेको झण्डा न त्यहाँबाट हटाइएको छ, न अर्को प्रतिस्थापन गरिएको छ ।

यस्तै बाटो दायाँ बायाँ पर्खालमा टाँगिएका रुख र चारतारे झण्डा अंकित ब्यानर र पम्प्लेटहरु पनि ठाउँ–ठाउँ भ्वाङ परेका छन् ।

जब तपाईं मुख्य कार्यालय भवनअघि पुग्नुहुन्छ, झन् निराश बन्नुहुन्छ । भवनको शीरमा टाँगिएको ‘नेपाली कांग्रेस’ लेखिएको मुख्य ब्यानर नै नाजुक अवस्थामा छ । यस ब्यानरको एक पाखो च्यातिएर लत्रिरहेको छ । ब्यानरमा लेखिएका अक्षरहरु पनि खुइलिएर मेटिन लागेका छन् ।

कांग्रेस कार्यालयको एक्कासी यो अवस्था भएको होइन । दिनदिनै कार्यालय धाउने नेताहरुको आँखाबाट यो छिपेको पनि छैन । सभापति शेरबहादुर देउवालाई त के भन्नु, जो आक्कलझुक्कल मात्रै कार्यालय जान्छन् । उनले केन्द्रीय कार्यालयमा पाइला नटेकेको दुई महिनाभन्दा बढी भइसकेको छ ।

कांग्रेस मुख्यालयको दूरावस्था देख्नेहरु भन्ने गर्छन्, ‘आफ्नै कार्यालयको संरक्षण गर्न नसक्नेहरुले सिंगो देश कसरी संरक्षण गर्लान् ?’

    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर