योगेश भट्टराई ३९ महिनापछि एमाले प्रवक्ताको भूमिकामा फर्किए – Nepal Press

योगेश भट्टराई ३९ महिनापछि एमाले प्रवक्ताको भूमिकामा फर्किए

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई ३९ महिनापछि प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका छन् । १० बुँदे सहमति कार्यन्वयन गरेर एमालेमा आन्तरिक एकता कायम भएको भोलिपल्ट भट्टराई प्रचार विभाग प्रमुखको भूमिकामा फर्किएका हुन् ।

बुधबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनको सञ्चालन प्रचार विभाग प्रमुखका हैसियतमा योगेशले गरेसँगै एमाले औपचारिक रूपमा २०७५ जेठ २ को संरचनाबाट अघि बढेको स्थायी कमिटी सदस्य विष्णु रिमालले बताए ।

यसबीचमा एमालेले फागुन २३ को फैसलापछि माधव नेपाल पक्षले समानान्तर गतिविधि चलाउन्जेल प्रदिप ज्ञवालीलाई प्रवक्ता तथा प्रचार विभाग प्रमुखको जिम्मा दिएको थियो ।

२०७५ जेठ २ अघिको संरचनामा एमालेमा प्रवक्ता पद थिएन । प्रचार विभाग प्रमुखले नै प्रवक्ताको भूमिका निर्वाह गर्ने प्रचलन रहेकाले योगेश नै प्रवक्ता थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर