भियतनामलाई फकाउन अमेरिकी उपराष्ट्रपति हनोइमा, कोभिडविरुद्ध १० लाख डोज खोप दिने – Nepal Press

भियतनामलाई फकाउन अमेरिकी उपराष्ट्रपति हनोइमा, कोभिडविरुद्ध १० लाख डोज खोप दिने

हनोइ । दक्षिणपूर्वी एसिया भ्रमणको क्रममा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस भियतनाम पुगेकी छिन् । सिंगापुर भ्रमणपछि ह्यारिस राजधानी हनोइ पुगेकी हुन् ।

हनोइमा उनले भियतनामका प्रधानमन्त्री फाम मीन चिनसँग द्धिपक्षीय छलफल गरिन् । सो क्रममा उनले कोभिड-१९ विरुद्ध १० लाख डोज खोप प्रदान गर्ने घोषणा गरिन् । २४ घण्टाभित्रै खोप आपूर्ति हुने उनको भनाई थियो ।

उनले राष्ट्रपतिय कार्यालय पुगेर समकक्षी भो ती एनसँग भेटवार्ता गरिन् । बहालवाला अमेरिकी राष्ट्रपतिका यो पहिलो भियतनाम भ्रमण रहेको जनाइएको छ ।

दक्षिण पूर्वी एसियामा चीन र अमेरिकाबीच तनाव चलिरहँदा आफ्नो मुलुकको पक्ष लिन समेत उनले आग्रह गरिन् । चिनियाँ बुलिङविरुद्ध एक भएर अघि बढ्न ह्यारिसले भियतनामी नेताहरुलाई आग्रह गरेको जनाइएको छ ।

साउथ चाइना सीमा चीनले हस्तक्षेप गरेको भन्ने ह्यारिसको अभिव्यक्तिलाई लिएर चीन क्रुद्द भएको छ । चिनियाँ विदेश मन्त्रालयले अन्य मुलुकको सावैभौमसत्तामा अमेरिकाले हस्तक्षेप र टिप्पणी गर्नु गलत रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर