जगन्नाथ खतिवडाको टिप्पणीः हामीलाई छल्नका लागि एकताको नाटक गरियो – Nepal Press

जगन्नाथ खतिवडाको टिप्पणीः हामीलाई छल्नका लागि एकताको नाटक गरियो

काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले एमालेमा मिसिएका मध्यमार्गी नेताहरुलाई ‘धोकेवाज’ संज्ञा दिएका छन् । आफूहरुलाई छल्नका लागि एमालेसँग एकता गरेको उनले टिप्पणी गरे ।

निर्वाचन आयोगमा दर्ता सनाखतका लागि पुगेका खतिवडाले पत्रकारसँग भने, ‘उहाँहरु भुलभुलैयामा परेर अभियानबाट फर्किनुभयो । हामीलाई छल्नका लागि यो एकताको नाटक गरिएको हो । हामीले नयाँ पार्टी बनाउन प्रक्रिया थाल्नेवित्तिकै अनेकौं नाटकको श्रृंखला मञ्चन गरिएको छ ।’

अब उहाँहरुलाई तान्न प्रयास गर्नुहुन्छ ? भन्ने प्रश्नमा खतिवडाले त्यस्तो प्रयास नगर्ने, तर उनीहरु आफैं आउने दावी गरे ।

‘धोकेवाजहरुसँग हामी प्रयास गर्दैनौं । तर हामीलाई थाहा छ, उहाँहरु केपी ओलीको स्वेच्छाचारितासँग मिल्न सक्नुहुन्न । अन्तिममा हामीतिरै आउनुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर