मुद्रा कोषपछि विश्व बैंकद्वारा अफगान परियोजनाहरुमा लगानी रोक्का – Nepal Press

मुद्रा कोषपछि विश्व बैंकद्वारा अफगान परियोजनाहरुमा लगानी रोक्का

काबुल । तालिबानले नियन्त्रणमा लिएपछि विश्व बैंकले अफगान परियोजनामा लगानी नगर्ने घोषणा गरेको छ । तालिबानको नियन्त्रणले महिला तथा बालबालिकाको विकास अवधारणा तथा विकासलाई प्रभावित तुल्याउने उल्लेख गर्दै विश्व बैंकले लगानी रोकिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि लगानी रोक्ने घोषणा गरेको एकदिनपछि विश्व बैंकको यस्तो निर्णय आएको हो । साथै, बाइडेन प्रशासनले अमेरिकामा रहेको अफगानिस्तानको केन्द्रीय बैठकको सम्पत्तिलाई पनि रोक्का गरेको छ ।

‘हामीले अफगानिस्तानको काममा हुने लगानी रोकेका छौं । हाम्रो नीति र प्रक्रिया अनुसार नै हामीले त्यहाँको परिस्थितीलाई नजिकबाट नियालिरहेका छौं’ विश्व बैंक प्रवक्ताले बीबीसीलाई भनिन् ।

‘हामीले अन्तर्राष्ट्रिय समुदाय र विकास साझेदारसँग पनि यसबारे परामर्श गर्नेछौं । हामीले अफगानी जनतालाई कसरी निरन्तर सहयोग गर्ने र दुःखपूर्वक कमाएको उपलब्धीलाई कसरी जोगाउने भन्नेबारे पनि मिलेर काम गर्नेछौं’ उनले भनिन् । सन् २००२ यता वासिङ्टनमा कार्यालय रहेको विश्व बैंकले अफगानिस्तानमा पुननिर्माण र विकास परियोजनामा ५.३ बिलियन डलर लगानी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर