निर्वाचन आयोग पुग्यो माधव नेपालसहितको टोली – Nepal Press

निर्वाचन आयोग पुग्यो माधव नेपालसहितको टोली

काठमाडौं । प्रस्तावित नेकपा (एकिकृत समाजवादी) नयाँ पार्टीको दर्ता सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् ।

एकिकृत समाजवादीका केन्द्रीय सदस्य र सांसदहरु चन्द्रागिरी रिसोर्टबाट सिधै निर्वाचन आयोग पुगेका हुन् । आज साढे ११ बजेदेखि ३ बजेसम्म सनाखत गर्ने समय आयोगले दिएको छ।

नयाँ पार्टी दर्ताका लागि केन्द्रीय कमिटी वा संघीय संसदीय दलमा २० प्रतिशत हुनुपर्छ । नेपाल पक्षले साविक नेकपा (एमाले)मा केन्द्रीय सदस्य रहेका ६० जना र ३१ सांसद आफ्ना पक्षमा रहेको दावी गरेको छ ।

नयाँ पार्टी दर्ताको निवेदन दिँदै ती सबैको हस्ताक्षर नभएकाले आयोगले थपिएका सबैको सनाखत भने लिने छैन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर