बलत्कार आरोपी गाउँपालिका अध्यक्ष धरौटीमा रिहा – Nepal Press

बलत्कार आरोपी गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

रुपन्देही । जवरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ परेका रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतले उनलाई मंगलबार धरौटीमा छाड्ने आदेश दिएको हो ।

अदालतका स्रेतेदार शोभाकर खरेलले अदालतले तोकेको धरौटी रकम बुझाएर शुक्ला रिहा भएको जानकारी दिए ।

थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले मंगलबार शुक्लालाई धरौटीमा छाड्न आदेश गरेको थियो । शुक्लाको तर्फबाट कानून व्यवसायी धर्मराज खड्का, साविर खाँन, प्रदीपकुमार यादव र सुनिलकुमार त्रिपाठीले बहस गरेका थिए ।

सम्मरीमाईकी स्थानीय ३० वर्षीया महिलाले आफूलाई जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरीमा निवेदन दिएपछि शुक्ला साउन २८ गते पक्राउ परेका थिए । प्रहरीले करिब दुई हप्ताको अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल बुझाएको थियो ।

सरकारी वकिल कार्यालयले सोमबार अदालतमा शुक्लाविरुद्ध जवर्जस्ती करणी उद्योगमा अभियोग दायर गरेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *