केन्द्रमा मेलमिलापसँगै एमाले कर्णालीद्वारा पूर्वघोषित भेला र बैठक स्थगित – Nepal Press

केन्द्रमा मेलमिलापसँगै एमाले कर्णालीद्वारा पूर्वघोषित भेला र बैठक स्थगित

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशले पूर्वघोषित बैठक तथा भेलाहरु स्थगित गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले सामाजिक सञ्जालमा सो जानकारी दिएका हुन् ।

प्रदेश कमिटीको गत ३ भदौमा बसेको बैठकले १० वटै जिल्लामा विभिन्न मितिमा जिल्ला कमिटी बैठकहरु गर्ने निर्णय लिएको थियो । ती बैठकहरु अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्न बोगटीले अनुरोध गरेका छन् ।

एमालेको आज बसेको स्थायी समिति बैठकले १० गते केन्द्रिय कमिटी बैठक र १६ गतेदेखि जिल्ला तथा जनसंगठनका भेला गर्ने निर्णय लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर