‘एमालेविरुद्ध लक्षित परमादेश, अध्यादेश र सभामुखको युद्धकालीन माओवादी भूमिकाको सामना गर्छौं’ (भिडियो) – Nepal Press

‘एमालेविरुद्ध लक्षित परमादेश, अध्यादेश र सभामुखको युद्धकालीन माओवादी भूमिकाको सामना गर्छौं’ (भिडियो)

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भूमिका युद्धकालीन माओवादी कमाण्डरको जस्तो भएको भन्दै आलोचना गरेको छ । एमालेले निष्कासन गरेका १४ जना सांसदको पदमुक्तिको सूचना अघि नबढाएर सभामुखले कानून समेत नमानेको आरोप लगाएको छ ।

मंगलबारको स्थायी कमिटी बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता प्रदिप ज्ञवालीले माओवादीले कारवाही गरेका पाँच जना सांसदलाई एक मिनेटमै पदमुक्त गर्ने सभामुखले एमालेले कानून बमोजिम गरेको कारवाहीलाई एक साता हुन लाग्दासम्म अघि नबढाएको बताए ।

ज्ञवालीले भने- सभामुखले कि म माओवादीको युद्धकालीन नेता हुँ, माओवादीको कार्यकर्ता हुँ सभामुख होइन भनेर । कि त एमालेको लागि बेग्लै कानून छ र अरुका लागि बेग्लै कानून भन्नु पर्यो । होइन भने उहाँको भूमिका एमालेविरुद्ध छ ।

ज्ञवालीले सर्वोच्च अदालतको परमादेश, सरकारले ल्याएको अध्यादेश र सभामुखको भूमिका एमालेविरुद्ध लक्षित रहेको भन्दै यस्ता सबै प्रहारहरुको सामना गर्न एमाले तयार रहेको बताए । तर यसको असर लोकतन्त्रमाथि पर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर