कोभिड संक्रमणबाट मंगलबार ३५ जनाको मृत्यु, २५ सय संक्रमित थपिए – Nepal Press

कोभिड संक्रमणबाट मंगलबार ३५ जनाको मृत्यु, २५ सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा ६८९ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २५२५ जना कोभिड-१९ संक्रमित थपिएका छन् । १४ हजार ८१० नमुना (९९०९ पीसीआर र ४९०१ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

मंगलबार थप २०८६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ३५ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ३८ हजार २५० पुगेको छ ।

काठमाडौंमा ५१८, ललितपुरमा ११९, भक्तपुरमा ५२, कास्कीमा १६३, झापामा १९६, मोरङमा १५०, काभ्रे १०१, बागलुङमा ७४ जना कोभिड संक्रमित थपिएका छन् ।

२१ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा उच्च छ भने १८ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।

पीसीआर परीक्षण गर्दा कूल संक्रमित संख्या ७ लाख ५१ हजार र एन्टीजेन परीक्षण गर्दा ८० हजार ९६७ संक्रमण पुष्टि भएको छ । कूल मृत्यु संख्या १० हजार ५६८ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर