नेपालीलाई १८ महीना टीपीएस थप्न माग गर्दै ४४ अमेरिकी सांसदद्वारा राष्ट्रपति बाइडेनलाई पत्र – Nepal Press

नेपालीलाई १८ महीना टीपीएस थप्न माग गर्दै ४४ अमेरिकी सांसदद्वारा राष्ट्रपति बाइडेनलाई पत्र

काठमाडौं । नेपालीलाई थप १८ महीना टेम्पोररी प्रोटोक्टेड स्टेटस (टीपीएस) प्रदान गर्न माग गर्दै ४४ जना अमेरिकी सांसदले राष्ट्रपति जो बाइडनलाई पत्र लेखेका छन् ।अमेरिकी प्रतिनिधिसभामा न्यूयोर्कबाट प्रतिनिधित्व गर्ने सांसद निडिया भेलास्क्वेज र सिनेटर चक सुमर लगायतका सांसदले टीपीएस नवीकरण गर्न र सन् २०१५ पछि अमेरिका आएकालाई पनि समावेश गरी टीपीएस प्रदान गर्न माग गरिएको छ ।

अमेरिकी गृह मामिला हेर्ने मन्त्री अलेजान्द्रो मेरकास र विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई पत्र लेख्दै सो माग गरिएको हो । अहिले अमेरिकामा १० हजार १६० जना नेपाली टीपीएस होल्डर रहेको र टीपीएस नवीकरण गरिए ३६ हजार ७९५ जनालाई सम्बोधन हुने पनि उल्लेख छ ।

सन् २०१५ को महाभूकम्पलाई नेपालीले साहसका साथ सामना गरेपनि त्यसको असर अहिले पनि कायमै रहेको पत्रमा उल्लेख छ । कोरोना संक्रमण, राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोपले नेपालको अवस्था जटिल भएकाले टीपीएस नवीकरण गर्न भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर