अफगान संकटबारे छलफल गर्न आज जी-सेभेनको आपतकालिन बैठक, बाइडेनले पनि भाग लिने – Nepal Press

अफगान संकटबारे छलफल गर्न आज जी-सेभेनको आपतकालिन बैठक, बाइडेनले पनि भाग लिने

काबुल छाड्ने समयसीमा बढाउन अमेरिकालाई दबाब

लन्डन । अफगानिस्तान संकटबारे छलफल गर्न ठूला सात औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेनको बैठक आज बस्दैछ । तालिबानले काबुलको सत्ता नियन्त्रणमा लिएपछि त्यहाँ रहेका विदेशीलाई उद्दारमा कठिनाइ भैरहँदा जी-सेभेनको बैठक बस्न लागेको हो ।

बेलायतले होस्ट गर्ने भर्चुअल बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि सहभागि हुने जनाइएको छ । जी-सेभेनका सदस्य मुलुकले काबुलबाट विदेशीको उद्दार कार्य निरन्तर हुने भएकाले सेना फिर्तीको समयसीमालाई थप गर्न अमेरिकालाई दबाब दिने अपेक्षा गरिएको छ ।

जी–सेभेन बैठकको तयारी अघि नै यस्तो सूचना बाहिरिएपछि तालिवानले यदि सयमसीमा लम्बाइए त्यो दुर्भाग्यपूर्ण हुने चेतावनी दिइसकेको छ । अगस्ट ३१ मा अमेरिकाले अफगानिस्तान छाड्ने समयसीमा एकातिर छ भने अर्कोतर्फ, तालिवानले काबुल विमानस्थल कब्जा गरेकाले विदेशीको उद्दारका कठिनाइ भैरहेको छ ।

अहिले अफगानिस्तानमा ५८ सय सैनिक रहेका छन् । ह्वाइट हाउसका अनुसार १४ अगस्ट यता अमेरिकाले काबुलबाट ४८ हजारले उद्दार गरिसकेको छ । देश छाड्न चाहनेको भीड अहिले पनि काबुल विमानस्थलबाहिर कायमै छ । फ्रान्स, जर्मनी र बेलायतले आजको जी-सेभेन बैठकमा बाइडेनलाई समयसीमा बढाउन दबाब दिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *