सार्क अध्यक्षको हैसियतमा अफगान संकटबारे भूमिका खेल्न पाँच पूर्वराजदूतको आग्रह – Nepal Press

सार्क अध्यक्षको हैसियतमा अफगान संकटबारे भूमिका खेल्न पाँच पूर्वराजदूतको आग्रह

काठमाडौं । पाँच नेपाली पूर्वकूटनीतिज्ञले अफगान संकटपछि सिर्जित क्षेत्रीय अन्यौलता अन्त्यका लागि भूमिका खेल्न सरकारलाई आग्रह गरेका छन् । सार्क अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले अफगानिस्तानको बदलिँदो परिस्थितीबारे क्षेत्रीय मुलुकहरुसँग संवाद अघि बढाउनुपर्ने सुझाव पनि उनीहरुको छ ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, दुर्गेशमान सिंह, सुरेश चालिसे र महेश मास्केले संयुक्त विज्ञप्ति जारी गर्दै क्षेत्रीय चुनौतिलाई सम्बोधन गर्न नेपालले कूटनीतिक सक्रियता देखाउनुपर्ने जनाएका हुन् ।

सार्क क्षेत्रको स्थायित्वका लागि नेपालको भूमिका जरुरी भएको उल्लेख गर्दै उनीहरुले तालिवानले अफगानिस्तानको सत्ता नियन्त्रण गरेपछिको परिस्थिती र त्यहाँको इतिहासबारे पनि सरकारलाई अवगत गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर