नारायणी पूलबाट हाम्फालेर एक पुरुष बेपत्ता – Nepal Press

नारायणी पूलबाट हाम्फालेर एक पुरुष बेपत्ता

चितवन । चितवन र नवलपुर जोड्ने नारायणी पूलबाट हाम्फालेर एक पुरुष वेपत्ता भएका छन् । पुलमा भेटिएको व्यागभित्र नागरिकताको फोटोकपी, बसको टिकट फेला परेको थियो ।

सोही कागजपत्र अनुसार हामफाल्ने दाङ तुलसीपुर-४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले विहान करिव ७ बजे हाम्फालेको सूचना पाएलगत्तै उनको खोजी भइरहेको बताए । प्रहरीको विपद् उद्वार सहितको टोलीले नारायणीमा खोजी जारी राखेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर