नेपाल निकट युवा संघको आह्वान : १० बुँदेको भ्रममा नपरौं, नयाँ पार्टी निर्माणमा लागौं – Nepal Press

नेपाल निकट युवा संघको आह्वान : १० बुँदेको भ्रममा नपरौं, नयाँ पार्टी निर्माणमा लागौं

काठमाडौं । एमालेबाट विद्रोह गरेर नेकपा (एकिकृत समाजवादी) पार्टी दर्ता गरेका माधव नेपाल निकट युवा संघ नेपालले १० बुँदे सहमतिलाई ‘कथित सहमति’ भन्दै त्यसको भ्रममा नपर्न आग्रह गरेको छ।

एमाले एकता पक्षधर नेताहरुले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीमा रहने सहमति गरेपछि युवासँघले नयाँ पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेको हो । ‘कथित १० बुँदे सहमतिको भ्रममा नपरौं,’ संघका अध्यक्ष नरेश शाहीले भनेका छन्,‘यतिबेला नेपालको कम्युनिष्ट आन्दोलनको पुर्नजागरण जरुरी छ। अहिलेको समयमा हाम्रो समाजको आवश्यकता कम्तीमा गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजागारीको सुनिश्चित गर्नु हो तर यस्तो हुन सकिरहेको छैन् । यो कुरा नेपाली राजनीतिको दुःखद बिषय हो। त्यसैले यसमा नयाँ पुस्ता गम्भीर हुन जरुरी छ ।’

समाजिक संजालमार्फत शाहीले गरेको अपीलमा एकता पक्षधर नेतालाई ‘क्रान्तिकारी लफ्फावाजिको प्रयोग गर्ने र व्यवहार कम्मलमा छोपियर घ्यु खाने’ भनेर टिप्पणी गरिएको छ। ‘शब्दहरु क्रान्तिकारी लफ्फावाजिको प्रयोग गर्ने र व्यवहार ‘कम्मलमा छोपियर घ्यु खाने’ प्रवृत्ति जनताले बुझिसकेकै बिषय हो,’ कसैको नाम नलिकनै उनले भनेका छन्, ‘अहिलेको यथास्थितिले तपाईं हाम्रो समाजलाइ कुनै परिवर्तन दिने छैन । अबको दिशा नेकपा (एकीकृत समाजवादी) गठन र निर्माण हो ।’

त्यसका लागि युवा संघ नेपालका सम्पूर्ण कार्यकर्तालाई निरन्तर सक्रिय रहन अपील समेत शाहीले गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर