एकीकृत समाजवादीका नेताहरू चन्द्रागिरी रिसोर्टमा, एकतापक्षधरले मन भाँडिदिने डर – Nepal Press

एकीकृत समाजवादीका नेताहरू चन्द्रागिरी रिसोर्टमा, एकतापक्षधरले मन भाँडिदिने डर

रिसोर्ट पुगेकामध्ये २८ जना सांसद

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू निर्वाचन आयोगले सनाखतका लागि बोलाएको अघिल्लो दिन चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।

निर्वाचन आयोगले बुधबार नेपाल पक्षलाई सनाखतका लागि बोलाएको छ । उनीहरु एकरात त्यहीँ बस्नेगरी रिसोर्ट पुगेका हुन् । स्रोतकाअनुसार ५२ जनाका लागि ‘बेड बुकिङ’ गरिएको छ । ५२ जना केन्द्रीय सदस्यमध्ये २८ जना सांसद छन् । हालै नेपाल पक्षमा गएका एक सांसदले रिसोर्टको खर्च व्यवस्थापन गर्ने भएका हुन् ।

नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकान्तवासमा लगिएको हो । एमाले एकता पक्षधर बनेका पहिलेका आफ्नै पक्षका नेताहरूले मन बदलिदिने डरले पनि उनीहरूलाई एकान्तबास लगिएको हो ।

एकता पक्षधर नेताहरूले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेर पार्टीमै रहने सहमति गरेका छन् । उनीहरू भोलिको स्थायी कमिटीमा पनि सहभागी हुने भएका छन् । ४ भदौमा भएको भेलामा आफूहरूसित केन्द्रीय सदस्य र सांसद गरि ५७ जना आएको एकतापक्षधरहरूको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर