अफगानिस्तानबाट आउनेलाई पोलियो खोप लगाउने सरकारको निर्णय – Nepal Press

अफगानिस्तानबाट आउनेलाई पोलियो खोप लगाउने सरकारको निर्णय

काठमाडौं । अफगानिस्तानबाट उद्दार गरि नेपाल ल्याइएका सबै नागरिकलाई सरकारले पोलियो खोप लगाउने भएको छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई ख्याल गर्दै सरकारले खोप लगाउने निर्णय गरेको जानकारी दिए ।

नजिकको खोप केन्द्रबाट खोप लगाउन पनि सरकारले आग्रह गरेको छ । आजसम्म ५०० भन्दा बढी नेपाली काबुलबाट काठमाडौं आइपुगेका छन् भने थप आउने क्रममा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर