विश्वासको मत माग्दै लुम्बिनीका मुख्यमन्त्रीले भने– पहिलाको सरकारले जस्तो दम्भ गर्दिनँ, सबैले मत दिनुस् – Nepal Press

विश्वासको मत माग्दै लुम्बिनीका मुख्यमन्त्रीले भने– पहिलाको सरकारले जस्तो दम्भ गर्दिनँ, सबैले मत दिनुस्

रुपन्देही । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत माग्दै विपक्षी दल नेकपा एमालेसँगै सबैसँग आग्रह गरेका छन् । अघिल्लो सरकारजस्तो दम्भमा नचल्ने भन्दै उनले सबैलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

प्रदेशको समृद्धिमा आफ्नो सरकार प्रतिवद्ध रहेको भन्दै उनले विपक्षी दललाई संसदीय अभ्यासमाथि नै प्रश्न उठ्ने गतिविधि नगर्न आग्रह गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारका बाबजुत मुख्यमन्त्री केसीले विश्वासको मत लिँदैछन् ।

नेकपा एमालेले भने आफ्नो बहिष्कारका बाबजुत मुख्यमन्त्रीले विश्वासको मत लिनुको औचित्य नभएको बताएको । एमाले दलका उपनेता बैजनाथ चौधरीले भने– विश्वासको मत लिनुको औचित्य छैन, त्यसैले हामीले बहिष्कार गर्यों ।

एमालेले आफूले कारवाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई पदमुक्त गर्न माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर