बालकोटको निर्णायक वार्तामा को-को थिए ? अष्टलक्ष्मी भन्छिन्- एमाले छाड्न सकिन्न – Nepal Press

बालकोटको निर्णायक वार्तामा को-को थिए ? अष्टलक्ष्मी भन्छिन्- एमाले छाड्न सकिन्न

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहानैदेखि भएको १० बुँदे कार्यान्वयनको निर्णायक छलफलमा माधव नेपाल छाडेका सबै स्थायी कमिटी सदस्य सहभागी भएका थिए ।

आफूहरूसहितको सहमतिमा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्नुपर्ने र १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने अडानमा रहेका नेताहरूले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलबाट ग्यारेन्टी मागेका छन् ।

नेतृत्वले कार्यान्वयनको प्रतिबद्धता जनाएपछि उनीहरू मंगलबारको बैठकमा सहभागी हुन तयार भएका छन् ।
छलफल चलिरहेका बेला एमाले प्रवक्ता तथा विघटित वार्ता टोलीका सदस्य प्रदीप ज्ञवाली पनि बालकोट पुगेपछि वार्ता सहमतिनजिक पुगेको अनुमान गरिएको थियो ।

वार्तामा सहभागी वागमती प्रदेशकी मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले आफूहरू एमाले छाडेर कतै जान नसक्ने बताइन् । उनले १० बुँदे कार्यान्वयनसँगै एमाले सशक्तरूपमा अघि बढ्ने र स्थानीय चुनाव जित्ने गरी पार्टी पंक्ति परिचालित हुने बताइन् ।

एमालेको आन्तरिक एकतामा झलनाथ, माधव नेपाल र वामदेव गौतमलाई पनि समेट्न अध्यक्ष ओलीले पहल गर्नुपर्ने शाक्यको भनाइ छ । १० बुँदेको कार्यान्वयनले एमालेको संगठन प्रणाली ब्युँतिने उनले बताइन् ।

को-को थिए छलफलमा ?

अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गर्न मध्यमार्गी धारका नेताहरू भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराई थिए । छलफलकै बीचमा प्रदीप ज्ञवाली पनि थपिएका थिए ।


प्रतिक्रिया

One thought on “बालकोटको निर्णायक वार्तामा को-को थिए ? अष्टलक्ष्मी भन्छिन्- एमाले छाड्न सकिन्न

  1. बिगत एक बर्षकाे कृयाकलाप विश्लेषण गर्दा अझै बिस्वास गर्न गाह्राे भैरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर