तालिवानले थाल्यो सरकार गठनबारे छलफल, चीनले भन्यो : नयाँ सरकार हिंसात्मक हुनेछैन – Nepal Press

तालिवानले थाल्यो सरकार गठनबारे छलफल, चीनले भन्यो : नयाँ सरकार हिंसात्मक हुनेछैन

काबुल छाड्ने समयसीमा बढाउन अमेरिकालाई आग्रह

काबुल । सत्ता नियन्त्रणमा लिएपछि तालिवान अहिले ‘समावेशी’ सरकार गठन गर्न भन्दै अहिले छलफलमा व्यस्त छ । प्रवक्ता जबिहुल्लाह मुजाहिदले सरकार गठनका लागि अफगानिस्तानी राजनीतिक दलसँग छलफल भैरहेको र नयाँ सरकार चाँडै घोषणा हुने जनाएको छ ।

तालिवानीले पूर्वराष्ट्रपति हमिद कारजाइ, अब्दुल्लाह अब्दुल्लाहसँग पार्टी कार्यालयमा समेत भेट गरेको छ ।

एकसाता बितिसक्दा पनि काबुल विमानस्थल अहिले तनावग्रस्त छ । काबुल छाड्न चाहनेको भीड, व्यवसायिक उडान ठप्प र तालिवानलाई लिएर भैरहेको त्रासबीच अहिले पनि काबुल विमानस्थलको स्थिती तनावग्रस्त छ । एयरपोर्टमा गतसाता मात्र भएका गोली हानाहानका घटनामा २० जनाको ज्यान गएको छ ।

अहिले अमेरिकालाई आफ्ना नागरिक उद्दार गर्न कठिनाइ भैरहेको छ । ३१ अगस्टसम्म अमेरिकी सेनाले अफगानिस्तान छाड्ने समयसीमा भनिएको छ । पछिल्लो २४ घण्टामा के के भयो ?

कतारले हजारौं अफगानी शरणार्थीलाई आश्रय दिएको छ । अलजजिराका अनुसार अन्य देश जानुअघि कतारले यसरी आश्रय दिएको हो । कतारी जहाजहरुले अहिले काबुलबाट मान्छे ओसारिरहेका छन् । उद्दार गरिएका अधिकांशमा विद्यार्थी छन् ।

मंगलबार जी-सेभेन मुलुकका नेताहरुले अफगानिस्तान संकटबारे छलफल गरेका छन् । बैठकको निष्कर्षअनुसार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी राष्ट्रपतिलाई अफगानिस्तान छाड्ने समयसीमा बढाउन आग्रह गर्ने भएका छन् । काबुल छाड्नेको संख्या बढ्ने भन्दै उनले अगस्ट ३१ को समयसीमालाई बढाउन आग्रह गर्ने भएका हुन् ।

तर, तालिवान प्रवक्ताले चाहिँ विदेशी शक्तिले यो समयसीमा बढाउने कुनै जानकारी आफूलाई नदिएको जनाएका छन् । जापानले उद्दार कार्यमा सघाउन सैनिक जहाजलाई काबुलतर्फ पठाउने भएको छ ।

चीनले तालिवानको आगामी सरकारको प्राथमिकतामा पुननिर्माण, एकता र ऋण व्यवस्थापन मुख्य हुनुपर्ने बताएको छ । अब बन्ने सरकार हिंसात्मक नहुने समेत चीनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर