जिल्लाबासीलाई जिताउन बाबुरामदेखि योगेशसम्म मैदानमा, पद्मा अर्याल पनि भोट माग्दै – Nepal Press

जिल्लाबासीलाई जिताउन बाबुरामदेखि योगेशसम्म मैदानमा, पद्मा अर्याल पनि भोट माग्दै

काठमाडौं । हाँस्यव्यंग्य टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’ अहिले चर्चामा छ । कलाक्षेत्र मात्र नभएर राजनीतिको केन्द्रमा समेत सोले चर्चा पाइरहेको छ । कारण : दलका नेताहरु आफू निकट प्रतिस्पर्धीलाई जिताउन खुलरै लागिरहेका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि पूर्वमन्त्रीहरु योगेश भट्टराई हुँदै बिना मगरसम्मका नेताले यो रियालिटी सोका अन्तिम पाँच प्रतिस्पर्धीका लागि भोट मागिरहेका छन् । कतिपयले नेताले भोट मागेको दृश्यले आफूहरुलाई संसदीय चुनावको झल्को गराएको बताएका छन् ।

आगामी साता कमेडी च्याम्पियनमा अन्तिम चार प्रतिस्पर्धी छनौट हुँदैैछन् । विक्की अग्रवाल सुरक्षित भैसकेका छन् भने अन्तिम चारमा प्रवेश गर्न विकास अर्याल, हिक्मत महरा, भरतमणी पौडेल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुँदैछ ।

गत महीना एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले खुलेरै आफ्नो जिल्लाबासी प्रतिस्पर्धी भरतमणीको तर्फबाट भोट मागे । कमेडी च्याम्पियनको ताज उनले जित्ने दावी गर्दै योगेशले भरतमणीले जिते आफूलाई आनन्द महसुस हुने बताए ।

पूर्वप्रधामन्त्री बाबुराम भट्टराईले यसैसाता गृहजिल्ला गोरखाबाट प्रतिस्पर्धा गरिरहेका सन्तोष थापाले जित्ने सम्भावना रहेको भन्दै शुभकामना दिए । आफूलाई भेट्न आइपुगेका थापासँगको तस्विर पनि सेयर गर्दै भट्टराईले उनको पक्षमा भोट हाल्न समेत आग्रह गरेका छन् ।

पूर्वमन्त्री तथा एमाले नेतृ पद्मा अर्यालले पनि अर्का प्रतिस्पर्धी तथा गृहजिल्लाका विकास अर्याललालाई भोट गरेर जिताउन आग्रह गरिन् । पूर्वमन्त्री बिना मगरले पनि गृहजिल्ला कंचनपुरका कमेडियन हिक्मत महरालाई भोट गरेर जिताउन आग्रह गरिन् । आफ्ना सामाजिक संजालमार्फत नेताहरुले जिल्लावासीलाई जिताउन अपिल गरेका हुन् । कमेडी च्याम्पियनसहित अघिल्लो रियालिटी सो भ्वाइस अफ नेपालको प्रतिस्पर्धीलाई जिताउन पनि नेताहरुले भोट मागेका थिए ।

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले जिल्लावासी प्रतिस्पर्धीलाई जिताउन नेताहरुले आफू निकट प्रतिस्पर्धीलाई जिताउन भोट माग्नुलाई स्वभाविक भएको बताउँछन् । ‘आफू निकटलाई जिताउन लाग्नु स्वभाविक हो’ उनी भन्छन्, ‘यसले कमेडी च्याम्पियनसहितको कला क्षेत्रलाई राजनीतिसँग जोड्ने काम गरिरहेको छ । यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।’

आगामी चार सातामा कमेडी च्याम्पियनको ग्रान्ड फिनालीको तयारी भैरहेको छ ।


प्रतिक्रिया

4 thoughts on “जिल्लाबासीलाई जिताउन बाबुरामदेखि योगेशसम्म मैदानमा, पद्मा अर्याल पनि भोट माग्दै

  1. राम्रोलाई जिताउन भोट माग्नु, योग्यलाई जिताउन भोट माग्नु त्यहि होईन र लोकतन्त्र भनेको ? आफ्नो जिल्ला आफ्नो गाउँलाई जिताउन भोट माग्नेले जता पनि आफ्नै नजिकका मान्छे त नियुक्त गर्ने होला नि ? एउटा कार्यक्रमको विजेता त आफ्नो जिल्लाको भन्दै जिताउन खोज्नेले किहले गर्नुहोला र निष्पक्षता ? लाजको पसारो ।

  2. माग्ने कुरामा हाम्रा नेताहरू अगाडि नै छन

  3. मन्त्री योगेश भट्टराई ले भरतमणि लाइ ७,५०,००० दिएको थाहा भएनछ पत्रकार मित्र लाइ

  4. Utkrishta ले जित्नै पर्छ, मेरो bichar मा Bharat mani wa Bikki agrwal madhya एक ले jitnu पर्छ, yi दुई madhya जसले jitay पनि nayya हुन्न्छ, nittanta byaktigat bichar.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर