माधव नेपाल छाडेका नेताहरु बालकोटमा, १० बुँदे कार्यान्वयनको मोडालिटीबारे छलफल – Nepal Press

माधव नेपाल छाडेका नेताहरु बालकोटमा, १० बुँदे कार्यान्वयनको मोडालिटीबारे छलफल

काठमाडौं । नेकपा एमाले विभाजनमा संलग्न नरहेका तर माधव नेपाल समूहमा रहदै आएका एकता पक्षधर स्थायी कमिटीका सदस्यहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफलका लागि बालकोट पुगेका छन् ।

आइतबार आफ्नो समूहको स्थायी कमिटी बैठकपछि शंकर पोखरेल लगायतका नेताहरुसँग छलफल वार्ता गरेका भीम रावल,  घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु १० बुँदे कार्यन्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका हुन् ।

माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो समूहबाट पनि अलग भएका उनीहरुले यसबीचमा एकता पक्षधर केन्द्रीय सदस्य र सांसदहरुको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यन्वयन गर्न अध्यक्ष अ‍ोलीलाई अल्टिमेटम दिएका थिए ।

आइतबार दुवै पक्षका नेताहरुको छलफलमा १० बुँदे सहमति कार्यन्वयनको जिम्मा शंकर पोखरेलले लिएका थिए । पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतको पहलमा अध्यक्ष ओलीसँग एकता पक्षधर नेताहरुको वार्ता भएको बताइएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गरिसकेकाले अब कार्यान्वयनमा कुनै समस्या नरहेको पोखरेलले बताए । पोखरेलका अनुसार तत्कालै स्थायी कमिटी बैठक बसेर १० बुँदे कार्यान्वयन र जेठ २ अघिका कमिटीहरु क्रियाशील बनाइनेछ ।

१० बुँदे कार्यान्वयन हुँदा नेकपा एकतासँगै एमालेमा मिसिएका कमिटी र नेताहरुसहितको बैठक बस्ने बताइएको छ । १० बुँदे कार्यान्वयनको मोडालिटीबारे बालकोटमा छलफल भइरहेको छ । १० बुँदे कार्यान्वयनका क्रममा जहाँ समस्या आउँछ त्यसको समाधानका लागि कार्यदल बनाउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर