सिन्धुपाल्चोकमा ३४ घर पहिरोको जोखिममा – Nepal Press

सिन्धुपाल्चोकमा ३४ घर पहिरोको जोखिममा

सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिरोका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् । स्थानीयवासी कान्छामान दोङका अनुसार पोहोरदेखि नै पहिरो जान थालेका ठाउँमा यसपाली पनि पहिरो आएर खैरेका बस्ती जोखिममा परेका हुन् । निरन्तर पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित भएको उनले बताए ।

पटकपटक वडाका प्राविधिकलाई यसबारे जानकारी गराउँदा पनि चासो नदिएको उनले गुनासो गर्नुभयो । वडा नं ८ का वडाध्यक्ष ठकराज गिरीले उनीहरुलाई तत्काल अस्थायी बासको व्यवस्था गर्नुपर्ने बताउ ।

यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञसहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ । वडाध्यक्ष गिरीले तत्काल नगरपालिकामा जानकारी गराइ प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था मिलाउन लागिपर्ने प्रतिबद्धता जनाए । उनले भूर्गवविद्को टोली ल्याई बस्तीको अध्ययन गराउनुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “सिन्धुपाल्चोकमा ३४ घर पहिरोको जोखिममा

  1. जबसम्म घटना हुदैन तब सम्म कुनैपनि सरकार को ध्यान हुन्न यो निस्चित हो।मरिसकेसी उपचार खोज्नु सम्भभ होला र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर