दाङमा जरायोको सुकुटीसहित दुईजना पक्राउ – Nepal Press

दाङमा जरायोको सुकुटीसहित दुईजना पक्राउ

दाङ । जरायोको सुकुटीसहित दाङमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका -१ पटौलीनाका निवासी वर्ष हेमराज गिरी र घोराही उपमहानगर पालिका वडा नम्बर ११ निवासी वर्ष ३२ का दामोदर योगी रहेको रहेका छन् ।

उनीहरुको साथमा एक नाबालिका समेत रहेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । शनिबार बेलुका १२ किलो सुकुटी र केही थान कुर्ता सुरुवालका कपडासहित उनीहरुलाई राजपुर गाउँपालिका-  १ माररी खोलाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रवक्ता रिजालका अनुसार पक्राउ परेका गिरी, योगी र सुकुटीलाई आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय देउखुरीमा बुझाउने र बरामद भएको कपडा भन्सार कार्यालयलाई बुझाउने तयारी भैरहेको छ ।

सुकुटीसहित पक्राउ परेका हेमराज गिरी बाल बिसौनी प्राथमिक विद्यालय पटौली नाकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर