स्रेस्ता पेस नगर्दा मुगुका स्थानीय तहको भएन लेखापरीक्षण, कर्णालीका पालिकाको तीन अर्ब बेरुजु – Nepal Press

स्रेस्ता पेस नगर्दा मुगुका स्थानीय तहको भएन लेखापरीक्षण, कर्णालीका पालिकाको तीन अर्ब बेरुजु

सुर्खेत । कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये ६ वटाको लेखा परिक्षण भएको छैन । लेखा परिक्षण २०७८ को हिजो सार्वजनिक भएको प्रतिवेदनअनुसार मुगुका चार वटै पालिकाले विवरण लेखालाई नदिएका कारण लेखा परिक्षण हुन नसकेको हो ।

प्रतिवेदनमा कर्णालीका ६ वटा पालिकाले कोभिड-१९ महामारी एवम् लेखा तथा स्रेस्ता पेश नभएका कारण लेखा परिक्षण गर्न बाँकी रहेको उल्लेख गरिएको छ । जसमा मुगुका छायानाथ रारा नगरपालिका, मुगुमकार्मारौंग गाउँपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाको लेखा परिक्षण हुन बाँकी छ ।

यस्तै, डोल्पाको ठूलीभेरी नगरपालिका र हुम्लाको अदानचुली गाँउपालिकाको लेखा परिक्षण हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार कर्णालीका ७३ वटा पालिकाको ६५ अर्ब ३७ करोड ६० लाख रकमको लेखापरिक्षण गरिएको थियो । त्यसमध्ये तीन अर्ब २६ करोड ९१ लाख रुपैंया पेश्कीसहितको बेरुजु देखिएको छ । यो बेरुजु पाँच प्रतिशत रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *