भारतबाट तीन बालकको उद्धार – Nepal Press

भारतबाट तीन बालकको उद्धार

जनकपुरधाम । सिरहाका दुई र महोत्तरीका एक बालकलाई सामाजिक अभियन्ता सरोज रायले भारतबाट उद्धार गर्न सफल भएका छन् ।

सिरहाको पतारीका अमर लाल दास, लहानका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यम लाल झालाई भारतबाट उद्धार गरी नेपाल ल्याएको अभियन्ता रायले जानकारी दिए । उनका अनुसार तीनै बालक १५ वर्ष मुनीका छन् ।

उनी तीनैजना बालक लामो समयदेखी दरभंगास्थित बालगृहमा थिए । सम्बन्धित जिल्ला प्रशासन कार्यलय मार्फत बालकलाई परिवारको जिम्मा लगाउने अभियन्ता रायको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर