जनैपूर्णिमा–रक्षावन्धन अघिको चहलपहल : पसल धेरै, ग्राहक न्यून (तस्बिरहरु) – Nepal Press

जनैपूर्णिमा–रक्षावन्धन अघिको चहलपहल : पसल धेरै, ग्राहक न्यून (तस्बिरहरु)

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व भोली देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । यसै दिन विभिन्न गेडागुडीहरु समिश्रित क्वाँटी खाने प्रचलनसमेत छ ।

जनैपूर्णिमाको अघिल्लो दिन उपत्यकाका विभिन्न चोक-बजारहरुमा क्वाँटी तथा जनैको व्यापारिक चहलपहल देखियो । यद्यपि, ग्राहक भने न्यून संख्यामा छन् । अघिल्लो वर्षभन्दा माग घटेको ब्यापारीहरुले बताएका छन् । कोरोनाको असरले क्वाँटी र जनैको व्यापार घटेको उनीहरुको बुझाइ छ ।

भोली बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

 
 
 
 
 
 
 
 
 
 
 
 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर