दल दर्ता नहुँदै एकीकृत समाजवादीको दैलेखमा भेला, स्थानीय तहका दुई अध्यक्ष सहभागी – Nepal Press

दल दर्ता नहुँदै एकीकृत समाजवादीको दैलेखमा भेला, स्थानीय तहका दुई अध्यक्ष सहभागी

सुर्खेत । निर्वाचन आयोगमा दर्ता प्रक्रियामै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले आज दैलेखमा भेला आयोजना गरेको छ । जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्बर १ का दुई पालिका अध्यक्ष र उपाध्यक्षसमेत भेलामा सहभागी भएका छन् ।

आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका दैलेख भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा सो भेलामा सहभागी भएका हुन् । उनीसँगै महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल पनि भेलामा उपस्थित भएका थिए ।

दैलेखको निर्वाचन क्षेत्र नम्बर २ बाट भने एक उपाध्यक्ष र एक उपप्रमुख मात्रै भेलामा सहभागी भए । चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही र ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह उक्त भेलामा सहभागी भएका हुन् । भेलामा पत्रकारलाई भने प्रवेश गर्न दिइएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर