प्रहरीले निःशुल्क बाँड्यो ९ लाख ३० हजार मास्क, निषेधाज्ञा उल्लंघन गर्ने ७१ जनालाई जरिवाना – Nepal Press

प्रहरीले निःशुल्क बाँड्यो ९ लाख ३० हजार मास्क, निषेधाज्ञा उल्लंघन गर्ने ७१ जनालाई जरिवाना

काठमाडौं । नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १८ हजार २ सय ६३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ९ लाख ३० हजार ४९ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा प्रहरीले यो अभियान सुरु गरेको हो ।

‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित प्रहरीले ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ७१ जनालाई ७ हजार १ सय रुपैयाँ जरिवाना गरिएको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने २ हजार ९ सय ३२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको १ सय २८ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ११ हजार ९ सय ३७ जनालाई सचेत गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *