विश्वमै पहिलोपटक भारतले दियो कोभिडविरुद्धको डीएनएन खोपलाई आपतकालिन प्रयोगको अनुमति – Nepal Press

विश्वमै पहिलोपटक भारतले दियो कोभिडविरुद्धको डीएनएन खोपलाई आपतकालिन प्रयोगको अनुमति

दिल्ली । कारोनाभाइरसविरुद्ध भारतले आफ्नो देशमा निर्मित डीएनए खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ । यो विश्वमा पहिलो पटक भएको जनाइएको छ ।

क्याडिला हेल्थकेअरले गरेको एक अध्ययनमा तीन मात्रा दिनुपर्ने जाईकोभ-डी नामको खोप मानिसमा ६६ प्रतिशत संक्रमणमुक्त भएको जनाएको छ ।
भारतमा निर्माण हुन लागेको यो दोस्रो खोप हो ।

कम्पनीले वर्षमा एक करोडभन्दा माथि खोप उत्पादन गर्ने योजना बनाएको बीबीसीले जनाएको छ । भारतमा अहिले कोभिडविरुद्ध कोभिसील्ड, कोभ्याक्स र स्पुतनिक पाँच खोप प्रयोग भईरहेको छ ।

भारतमा पहिलोपटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड-१९ विरुद्धको खोप परीक्षण गरिएको हो । उक्त खोप डेल्टा भेरियन्टको संक्रमणको लागि प्रभावकारी हुने भारतीय सरकारले दावी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर